चमेली सकोस (Best 3 Zero club support organization award) अन्तरास्ट्रिय सम्मान 2082
चमेली बचत तथा ऋण सहकारी संस्था अन्तराष्ट्रिय स्तरको पुरस्कारबाट सम्मानित भएको छ । संस्थाले तीन शुन्य क्लव मार्फत गरेको कार्य विश्वको उत्कृष्ठ भएको मुल्याङ्कन गर्दै हालै बंगलादेश भएको एक कार्यक्रमका बिच राष्ट्रप्रमुख मो.युनुसले पुरस्कृत गरेका हुन् ।
ग्लोबल सेन्टर बंगलादेश ढाकाद्धारा आयोजित कार्यक्रममा चमेली साकोसले विश्वभर कुल १ हजार ४ सय ५ वटा क्लब गठनगरी कार्य गरेकोमा सर्वोत्कृष्ठ तीन शुन्य घोषितभई अन्तराष्ट्रिय सम्मान हातपार्न सफल भयो । मो. युनुसको तीन शुन्यको बिचारलाई तिन शून्य क्लवको अभियान शुरु भएको र नेपालबाट चमेली साकोसले तीनवर्ष अगाडि तीन शून्य सहयोगी संस्था र तीन शून्य सहयोगी व्यक्तिमा भाग लिएर युवा शसक्तिकरणमा लागेको छ।
क्लवमा विद्यालय र समाजका १२ देखि ३५ वर्ष उमेर समुहका युवाहरु आवद्ध भएर शुन्य खुद कार्वन उत्सर्जन, गरिवी उल्मुलनका लागि शुन्य धन एकाग्रता र सबैमा उद्यमशिलता जारी गरेर शुन्य बेरोजगारी तर्फ उन्मुख भएको छ। क्लवले वातावरण जोगाउन विद्यालय लगायतका क्षेत्रमा १७ हजार भन्दा बढी बृक्षारोपण, बेटी पढाउ बेटी बचाउ, कमाउदै पढ्दै, लागुऔषध दुव्र्यसनी नियन्त्रण लगायतका कार्य गर्दै आएको छ ।
वि.सं २०५८ सालमा स्थापना भएर आफ्ना सदस्यहरुलाई वित्तिय सेवा गर्दै आएको चमेली साकोले स्वालम्बन विकास केन्द्र काठमाण्डौको सहयोगमा मो. युनुसको तीन शुन्यको संसार दृष्टिकोणलाई तीन शुन्य क्लवको माध्यमबाट पृथ्वी बचाउने अभियान शुरु गरेको संस्थाले जानकारी दिएको छ ।
जमुना घिमिरेले “उत्कृष्ट उधमी राष्ट्रिय पुरस्कार” प्राप्त गरिन ।
चमेली बचत तथा ऋण सहकारी संस्था लि. सेवा केन्द्र ईश्वरपुरकी
सक्रिय तथा प्रेरणादायी सदस्य श्रीमती जमुना घिमिरेज्युले “उत्कृष्ट उधमी राष्ट्रिय पुरस्कार” प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई।
नेपालभरिका हजारौ उधमीहरुमध्ये बाट केवल ३ जना लाई प्रदान गरिने यस प्रतिष्ठित पुरस्कार अन्तर्गत रु ५०००० नगद राशिसहित सम्मानित हुनु जमुना घिमिरेज्युको अथक परिश्रम, दृढ संकल्प र सफल उधमशिलाताको ज्वलन्त प्रमाण हो।
उहाको यो सफलता हाम्रो संस्थाको लागि मात्र होइन, सम्पुण सर्लाही जिल्लाका महिला उधमीहरुका लागी प्रेरणाको स्रोत बन्न पुगेको छ।
हामी श्रीमती घिमिरेज्युको आगामी यात्रामा अझ उच्च सफलताको कामना गर्दै, सम्पूर्ण सदस्यलाई उधमशिलाताको मार्गमा अग्रसर हुन प्रेरित गर्दछौ।
चौथो राष्ट्रिय लघुबित्त सदस्य सम्मेलन २०८० सम्पन्न
श्री स्वावलम्बन विकास केन्द्र काठमान्डौको आयोजनामा मिति २०८० साल फागुन ५ र ६ गते का दिन कार्की ब्यांक्वेट,माईतीघर हाईट, काठमाडौंमा चौथो राष्ट्रिय लघुबित्त सम्मेलन सम्पन्न भएको थियो उत्त कार्यक्रममा यस संस्थावाट ७ जना संस्थाका पदाधिकारीज्यूहरु, १२ जना संस्थाका उधमी सदस्यज्यूहरु र ५ जना चमेली तीन शून्य क्लवको पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा यस संस्थालाई ७ वटा विद्यामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
१. तीन शून्य क्लबमा उत्कृष्ट र उदाहरणीय काम गर्ने संस्था – चमेली वचत तथा ऋण सहकारी संस्था लि.
२. तीन शून्य क्लबमा Snadf Best Support Person Award –कमलेश्वर प्रसाद साह (समाजिक तथा उद्यमशिल्ता शाखा अधिकृत )
३. तीन शून्य क्लब वतावरण तथा जलवायू परिवर्तनमा उत्कृष्ट काम गर्ने संस्था – चमेली वचत तथा ऋण सहकारी संस्था लि ।
४. उत्कृष्ट केन्द्र प्रमुख सदस्य श्रीमती अम्वीका देवी थरुनी चमेली साकोस
५. घर घर मा उधमशिलता विकासमा उत्कृष्ट र उदाहरणीय काम गर्ने पुरस्कार श्रीमती रिता देवी महतो
६. Best hardcore poor people support staffs – अर्जुन पासवान (चमेली साकोस)
७. Best Three Zero Club Awad ( रोहित साह चमेली तीन शून्य क्लव ईश्वरपुर,सर्लाही
तीन शून्य क्लव प्रथम प्रादेशिक सम्मेलन २०८०
यस संस्था वाट गठित चमेली तीन शून्य क्लवका प्रतिनिधी सदस्यहरुलाई एकै थलोमा भेला भई आपसमा अनुभव आदान प्रदान गर्न, क्लवले भोगेका समस्या तथा चुनौतीहरुको बारेमा प्रत्यक्ष रुपमा पृष्ठपोषण लिई कार्यक्रमलाई प्रभावकारी एवं परिष्कृत गरी थप सशक्त रुपमा अगाडी बढाउन तीन शून्य क्लबका सदस्यहरुको एक दिने तीन शून्य क्लव प्रथम प्रादेशिक सम्मेलन -Threezero club first Regional conference 2080_ संस्थाका अध्यक्ष श्री राम प्रताप साहज्युको अध्यक्षतामा ,सर्लाही क्षेत्र नं. १ (क) वाट निर्वाचित प्र्रदेश सांसद, माननीय उपेन्द्र महतो ज्यु को प्रमुख आतिथ्यमा र स्वावलम्बन विकास केन्द्र काठमाण्डौका अध्यक्ष लघुबित्तका पिता श्री मान् शंकर मान श्रेष्ठ ज्यू को अति विशिष्ठ आतिथ्यमा मिती २०८० साल चैत्र २४ गते शनिवारका दिन ईश्वरपुर ०६ स्थित उधोग वाणिज्य संघको सभा हलमा सम्पन्न गरीएको थियो भने संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री भरत साहज्युले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो साथै विभिन्न क्लबका प्रतिनिधीज्युहरु द्धारा तयार गरीएको पप्यानेलिष्ट वाट समस्या र चुनौती तथा क्लबले सम्पन्न गरेको कार्यको छलफल गरेका थिए भने व्रह्मा कुमारी संस्थावाट लागु औषत नियत्रण गर्न सडक नाटक प्रस्तुत गरीएको थियो । उक्त सम्मेलनका प्रमुख अतिथि क्षेत्र नं. १ क सर्लाही वाट निर्वाचित प्र्रदेश सांसद, माननीय उपेन्द्र महतो ज्यु द्धारा तीन शुन्य क्लव प्रवद्र्धनका लागि संस्थाको तिन शुन्य क्लब अक्षयकोषमा रु.१,००,०००।००(अक्षरेपी रु.एक लाख ) प्रदान गरियो । त्यसै गरी सहभागी विद्यालयहरु लाई दुई–दुई थान डस्टविन वितरण गरीएको र प्रत्येक सहभागी तीन शून्य क्लवका पदाधिकारीहरु लाई १ थान अमलाको विरुवा ,१ थान तेजपात र १ थान टिक को विरुवा वितरण गरियो ।
विश्व वातावरण दिवस
विश्व वातावरण दिवसको अवशरमा चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड
ईश्वरपुरले विहिबार सर्लाहीका विभिन्न विद्यालयहरुमा वृक्षारोपण गरेको छ । वातावरण
संरक्षण तथा तीन शुन्य क्लवको शून्य कार्बन उत्सर्जनको अभियानलाई प्रवद्र्धन गर्ने
उद्देश्यले विद्यालयहरुमा गठित चमेली तीन–शून्य क्लब’ को सह–आयोजनामा वृक्षारोपण
कार्यक्रम सम्पन्न गरिएको हो
क्लबका विद्यार्थीहरुले महावीर जनता माध्यमिक विद्यालय हरिपुर, नवजीवन विद्या
आश्रम माध्यमिक विद्यालय जुटपानी, र नारायण माध्यमिक विद्यालय, बयलबासमा एकै
दिन वृक्षारोपण कार्य गरेको हो । विद्यालयहरुमा कल्की फूल, ज्याक रन्डा फूल, अशोक,
तेजपात, अमला, करी पत्ता, मलेसियन साल, अम्बा र टिक जातका गरी ७ भन्दा बढी
प्रजातिका कूल २५०० वटा बिरुवा वितरण र रोपाइँ गरिएको , तीन–शून्य क्लबले
सञ्चालन गरेको यो कार्यक्रम शून्य कार्बन उत्सर्जन गर्ने अभियान अन्तर्गत वातावरण
संरक्षणमा सहकार्य गर्ने उद्देश्यले गरिएको कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य
योगनारायण चौधरीको अध्यक्षता रहेको थियो । चमेलीले विगतका वर्षहरुमा पनि
तीन–शून्य क्लब मार्फत विभिन्न स्थानहरुमा बिरुवा रोपेको थियो ।
‘प्लास्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व’ भन्ने मूल नारासहित संस्थाले विश्व वातावरण
दिवस मनाइएको हो ।


