World Environment Day  2082

विश्व वातावरण दिवसको अवशरमा चमेली बचत तथा ऋण सहकारी संस्था लिमिटेड
ईश्वरपुरले विहिबार सर्लाहीका विभिन्न विद्यालयहरुमा वृक्षारोपण गरेको छ । वातावरण
संरक्षण तथा तीन शुन्य क्लवको शून्य कार्बन उत्सर्जनको अभियानलाई प्रवद्र्धन गर्ने
उद्देश्यले विद्यालयहरुमा गठित चमेली तीन–शून्य क्लब’ को सह–आयोजनामा वृक्षारोपण
कार्यक्रम सम्पन्न गरिएको हो
 क्लबका विद्यार्थीहरुले महावीर जनता माध्यमिक विद्यालय हरिपुर, नवजीवन विद्या
आश्रम माध्यमिक विद्यालय जुटपानी, र नारायण माध्यमिक विद्यालय, बयलबासमा एकै
दिन वृक्षारोपण कार्य गरेको हो । विद्यालयहरुमा कल्की फूल, ज्याक रन्डा फूल, अशोक,
तेजपात, अमला, करी पत्ता, मलेसियन साल, अम्बा र टिक जातका गरी ७ भन्दा बढी
प्रजातिका कूल २५०० वटा बिरुवा वितरण र रोपाइँ गरिएको ,   तीन–शून्य क्लबले
सञ्चालन गरेको यो कार्यक्रम शून्य कार्बन उत्सर्जन गर्ने अभियान अन्तर्गत वातावरण
संरक्षणमा सहकार्य गर्ने उद्देश्यले गरिएको कार्यक्रममा संस्थाका सल्लाहकार सदस्य
योगनारायण चौधरीको अध्यक्षता रहेको थियो । चमेलीले विगतका वर्षहरुमा पनि
तीन–शून्य क्लब मार्फत विभिन्न स्थानहरुमा बिरुवा रोपेको थियो ।
 ‘प्लास्टिक प्रदूषण न्यूनीकरण, हाम्रो दायित्व’ भन्ने मूल नारासहित संस्थाले विश्व वातावरण
दिवस मनाइएको हो ।

Environment

World Environment Day 2081

On the occasion of World Environment Day, a tree plantation program was organized with a rally around  Ishwarpur Bazaar on 23.2.2080 (5th June) in the presence of 500 Members of the Three Zero Clubs.

Scroll to Top