1.  वित्तिय साक्षरता तथा सहकारी अभिमुखीकरण तालिम 

वित्तिय साक्षरताको आवश्यक्ता किन, वित्तिय साक्षरता भित्र समेटिने कुराहरु कुन कुन हुन ,यसको उदेश्य, बित्तिय साक्षरता क कसको लागी, बचत भनेको के हो, यसको महत्व, बचत गर्दा भविष्यमा हुने फाईदा अथवा बचत नगर्दा भविष्यमा हुन सक्ने जोखिमहरु, बचत गर्ने योजना, ऋणको फाईदा तथा बेफाईदा, ऋण लिने कारणहरु, ऋण लिनु पुर्व ध्यान दिनु पर्ने बिषयहरुको बारेमा सदस्यहरु प्रष्ट नबुझेको कारण संस्थाको कार्यक्रम संचालनमा समस्याहरु आई राख्ने हुदा उक्त समस्याहरुको पहिचान र सामाधानका उपायहरु खोजी गरी एकरुपता पुगोस तथा अनुभव आदान प्रदान र साटासाट गर्ने उदेश्यले सम्पुर्ण सदस्य लाई एक दिने बित्तिय साक्षरता तालिम गराइयो। बिपन्न बर्गका महिला सदस्यहरु लाई अगाडी बढी रहन व्यावसायीकता तर्फ जोड दिन र ऋणको सही सदुपयोग, आदि जानकारी दिन यो बित्तिय साक्षरता तथा सहकारी अभिमुखीकरण तालिम गरिएको हो। 

                                  2. सदस्य सुनौ सदस्य बुझौ कार्यक्रम

चाहना, क्षमता, लगनशिलता, ईमानदारिता, साथै दक्षतालाई समेत सम्बोधन गर्ने गरी तालिम प्रदान गरियो। तालिममा सदस्यहरुको समस्याहरुको पहिचान साथै जिज्ञासाहरुको सुची तयार गरी। सबै सहभागी शेयर सदस्यहरुको समस्या तथा जिज्ञासाहरुलाई सामधान हुनेगरी प्रतिउत्तर तयार गरी सहजै रुपमा बुझने गरी संस्थाको निती ,नियम र भविष्यमा हुन सक्ने परिवर्तित निती नियमलाई समेत अंगाल्न अभिप्रेरित गर्ने र संस्थाले प्रदान गर्ने सम्पुर्ण सेवा सुबिधाहरुको बारेमा जानकारी दिने। समाजमा गैर समुहले सहकारीको ऋण तिर्नु पर्दैन भन्ने भ्रमलाई चिर्दै सदस्यहरुलाई त्यसमा नपर्नको लागी अभियानको रुपमा चलाउने र जानकारी गरायौ । बिशेष गरी यस कार्यक्रममा मनमा जिज्ञासा बोकेको शेयर सदस्य र समस्याग्रस्त केन्द्रका सम्पुर्ण सदस्यहरुलाई सहभागी गराई समस्याको सामाधान गर्नु नै यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ

                             3.सहकारी केन्द्र प्रमुख गोष्ठीः

यस संस्थामा आवद्ध शेयर सदस्यहरु मध्ये बाट छनौट भई आएका केन्द्र प्रमुखहरुको भेला गरी उनीहरुको क्षमता अभिबृद्धि गर्ने , केन्द्र व्यवस्थापन , बचत बृद्धि, सुरक्षित तथा गुणस्तरीय ऋण लगानीको प्रमुख आधार लाई मान्यता राख्दै उत्कृष्ट केन्द्रको रुपमा स्थापित गर्नुका साथै केन्द्र प्रमुखको
काम कर्तब्य अधिकारको बिषयमा जानकारी गराउने ,बार्षिक रुपमा परिवर्तन हुने केन्द्र प्रमुखहरुको विधी प्रक्रियाहरुको बारेमा जानकारी गराउनु र बार्षिक रुपमा केन्द्र प्रमुखहरुको निर्वाचन गरी मताधिकार द्धारा योग्य ईमानदार मेहनती र सक्रिय सहभागिताको लागी एक सक्षम प्रमुखको चयन गर्नुनै यस कार्यक्रमको प्रमुख उदेश्य रहेको छ ।

                                       4.पुर्णताजगी तालिम

सदस्यहरुको आर्थिक उन्नती ,केन्द्र व्यवस्थापन, अपुर्ण केन्द्र लाई पुर्ण केन्द्र , निष्कृय सदस्यहरु लाई सकृय बनाउन, केन्द्र बैठकमा न्युन उपस्थिती लाई पुर्ण उपस्थिती बनाउने र संस्था र सदस्यहरुको बिचको दुरीलाई अझ घनिष्टता र बित्तिय कारोबारलाई सुदृढ बनाउने यस कार्यकर्मको उदेस्य हो।

                                      5.सहकारी शिक्षा तालिम

सहकारी अभियान सामाजिक न्याय उत्पादकत्व बृद्धि, वैज्ञानिक प्रयोगका लागी राजनैतिक, आर्थिक, सामाजिक क्षेत्रमा लोकतान्त्रिक आर्थिक आधार सहितको व्यवस्थापन बिधिबाट संचलन गर्ने संरचना हो । यसैगरी सदस्यले अपनाएको व्यावसायलाई संस्थाको व्यावसाय बनाउनु , सदस्यको ज्ञान, सीप, योगयता र क्षमताले भ्याउने व्यावसायलाई सहकारी व्यवासाय बनाउनु, सदस्यको सीप र व्यावसायको अधिकतम बृद्धि गर्नु, सदस्यको आर्थिक र सांस्कृतिक उन्नति गरी समाजमा स्थापित गर्नु नै सहकारीको मुल उदेश्य हो, व्यक्तिगत भावना, गौण भई सामुहिक भावनाबाट समुहको हित गर्नु र समुहभित्रैमा आफनो चौतर्फि उन्नतिको मार्ग प्रशस्त गर्नु नै सहकारी हो ।

सहकारी शिक्षा तालीमको मुख्य उदेश्यहरु
 विवेकपूर्ण तरिकाले पैसाको प्रयोग गर्न सक्ने ज्ञान सीप बढाउनु ।
 अल्पकालीन र दीर्घकालीन वित्तीय लक्ष्य निर्धारण गर्न सिकाउनु ।
 उपयुक्त वित्तीय सेवाहरू छनौट र प्रयोग गर्र्न सक्ने क्षमता विकास गर्नु ।
 भविष्यमा आउन सक्ने जोखिमहरूका लागि तयारी वा यो सीप प्रदान गर्नु
 मानिसमा असल वित्तीय व्यवहारको विकास गर्नु ।

Scroll to Top