फुल खेतीबाट बनिन सफल उधमी”
सफल उधमी

“फुल खेतीबाट बनिन सफल उधमी” सुकनी देवीको सफलताको कथा

निरन्तर संघर्ष गरेपछि असम्भव भन्ने कुरा केही पनि हुदैन भन्ने भनाई जस्तै उदाहरणीय व्यक्ति बनेकि छिन सुकुनी कुमारी देवी । उहाँको शंकरपुर ०९ सर्लाहीमा बुवा जागेश्वर महतो र आमा सहजी महतोको कोखबाट २०४४ साल जेष्ठ महिनामा माईली छोरीको रुपमा जन्म भएको थियो । घरको आर्थिक अवस्था कमजोर भएकोले साधारण लेखपढ मात्रै गर्नुभयो । उहाँको धनकौल ०१ धोबिनियामा राम विश्वास महतो संग सामाजिक परम्परा अनुसार विवाह भए पश्चात घरको कामकाजमा व्यस्त हुने गर्दथिन ।

२०७५ साल चैत्र २२ गते चमेली बचत तथा ऋण सहकारी संस्था आएपछि आफु संग भएको रकम बचत गर्ने र कर्जा लिएर व्यावसाय गर्ने उदेश्यले केन्द्र न.६४ समुह न.ं ०१ मा सदस्यको रुपमा आवद्ध हुनु भयो । समुहको सदस्य भएदेखि बैठकमा नियमित उपस्थित हुने नियमित बचत गर्ने गर्नु हुन्थ्यो । निजको श्रीमान यस भन्दा पहिले धनकौल ०१ धोबिनियामा आफनै थोरै जग्गामा तरकारी खेती गरी उत्पादन भएको तरकारी बिक्री गर्ने गर्नु हुन्थ्यो । दुबै जनाको सल्लाह अनुसार व्यावसाय बढाउनु पर्यो भन्ने उदेश्यले शुरुमा चमेली बचत तथा ऋण सहकारीको समुहबाट रु २०,००० कर्जा लिएर व्यावसायमा लगानी गर्नु भयो । पहिलेको तुलनामा व्यावसाय अलि ठुलो भयो सोही व्यावसायमा श्रीमान श्रीमती निरन्तर रुपमा लाग्नु भयो । व्यावसायबाट भएको आम्दानीले घरखर्च चलाउने, छोरा छोरीको पढाई खर्च साथै ऋणको किस्ता पनि सोही आम्दानीले नियमित बुझाउन सहज भयो । व्यावसायलाई अझ ठुलो बनाउने उदेश्यले समुहमा आबद्ध भएको करिब एक बर्ष पछि यसै चमेली बचत तथा ऋण सहकारी समुह बाट रु १,००,००० व्यावसायिकक कर्जा लिएर अझ ठुलो बनाउनु भयो । व्यावसाय ठुलो भएपछि श्रीमान श्रीमतीले मात्र नभ्याएपछि कामदारको आवश्यक्ता भएर गाउँकै स्थानिय केही व्यक्तिहरुलाई रोजगारी दिनुभयो ।

उहाँले पुनः तेश्रो पटक संस्था बाट रु ३,५०,००० ऋण लिई खाद्धमल बिक्री वितरण पसल संचालन गर्नुभयो । विडम्बना कोभिड १९ र मधेश आन्दोलनले गर्दा त्यति राम्रो कमाई नभएपछि व्यापार व्यावसाय बन्द हुन पुग्यो । तर पनि उहाँ हार मान्नु भएन र फेरी पनि चौथो पटक रु ५,५०,००० लिई श्रीमानलाई बिदेश पठाउनु भयो र केही बिदेशको लागी खर्च भयो भने बाँकी बचेको रकम बाट गाउँमा नै ७ कठा जग्गा भाडामा लिई बार्षिक ८० हजार जग्गाधनीलाई भाडा तिर्ने, औषधी मल , बिउ बिजन तथा ज्याला कटाई बार्षिक रुपमा न्युनतम २ देखी ३ लाख सम्म बचत हुने गरेको बताउछिन । समय समयमा ज्यादारीमा कामगर्ने मजदुर राखी दैनिकी ५०० मजदुरी खर्च गरेको बताउँछिन । भनिन्छ नि मेहनत गर्ने व्यक्ति कहिल्यै पनि असफल हुदैन किनभने हरेक सफलता संगै असफलता, संघर्ष, साथ–सहयोग र धैर्यताको कथा लुकेकै हुन्छ । यसरी उहाँको व्यावसाय दिन प्रतिदिन ठुलो हुदै गयो, र पाँचौ पटक संस्था बाट सोही प्रयोजनको लागी ६,००,००० ऋण लिनु भयो र फुलहरुका बिरुवाहरु लगाई स्थानिय गाउँघर र जिल्ला भरी डेलिभरी गरी मासिक मनग्यै आम्दानी हुन थाल्यो । यसरी व्यावसायबाट निरन्तर रुपमा सफलता प्राप्त गर्दै व्यावसाय अझ ठुलो बनाउदै जानु भयो । चमेली बचत तथा ऋण सहकारीबाट पटक–पटक आवश्यक्ता अनुसार कर्जा लिएर व्यावसायमा लगानी गरी सक्नु भएको छ । व्यावसाय पहिलेको तुलनामा धेरै ठुलो भई सकेको छ । पहिले आफनै थोरै जग्गामा व्यावसाय थियो भने हाल ७ कठ्ठामा व्यावसाय फैलिसकेको छ । व्यावसाय बाट भएको आम्दानीले छोरा छोरीलाईलाई राम्रो शिक्षा, दिक्षा दिएको , घरको आर्थिक अवस्था राम्रो भएको र गाउँघरको व्यक्तिहरुलाई रोजगार दिन सफल हुनु भएको छ ।

स्थानिय गाउँको दाजु भाई तथा दिदी बहिनीहरु भन्नु हुन्छ निजहरुको व्यावसाय भएको कारण हामीहरुले रोजगारी पाएका छौं र हामीलाई चाहिने फुलहरु पनि नजिकैंबाट उपभोग गर्न पाई रहेका छौं ।

मेहनतको फल मिठो हुन्छ

मेहनतको फल मिठो हुन्छ भने झ्रंैं सर्लाही जिल्लामा वि.स.२०५८ सालमा आमा सुनिता देवी र बुवा रामेश्वर यादवको जेठी सन्तानको रुपमा सिता देवीको जन्म भएको हो ।बुवा आमाले १९ बर्षकै उमेरमा सर्लाही जिल्लाको बरहथवा न.पा.१० कटानी निवासी गरीब परिवारमा जन्मिएका उपेन्द्र राय यादवका कान्छो छोरा उजय कुमार यादव संग वैवाहिक जिवनमा बाँधिदिनु भयो । उनले विवाह गरेपछि सुख होला भन्ने सोचेकि थिईन । यहाँ उनलाई झन ठुलो जिम्मेवारी थपियो । उनले सासु ससुराको स्याहार सुसार संगै घर व्यवहार सम्हाल्नु पर्ने भयो । घरकै समस्याले गर्दा विवाह गरेको केही समय पछि श्रीमान घर छोडेर बैदेशिक रोजगारको लागी कतार जानुभयो । उनी घरमा एक्लै भएका कारण उनलाई एक दुई महिना घर व्यवहार चलाउन निकै गाह«ो भयो । यसरी श्रीमानको कमाईले उनलाई बिहान बेलुकाको गुजारा चलाउन अलि सहज भई रहेको थियो । यस्तै यस्तै किसिमले सिताले आफनो घर परिवारको गुजारा चलाई रहेकी छिन । एक दिन गाउँकै महिला दिदीबहिनीहरुबाट चमेली बचत तथा ऋण सहकारी संस्था लि.को ग्रामिण सेवा कार्यक्रममा आवद्ध भएपछि स–सानो बचत संगै सानो सानो बिना धितो ऋण कारोबार पनि गर्न पाईन्छ भन्ने कुरा सुनिन र मिती २०७८।०१।२९ गते केन्द्र न.१३३ सदस्यता नं ०२२१६ लिई सदस्य भईन । क्रमश सितालाई श्रीमानको साथ सहयोगको अभाव, तनाव र दुख कष्ट झेल्दै उहाँका केही दिनहरु बिते । सानै भए पनि व्यावसायमुखी भई आफनो खुट्टामा आफै उभिनुपर्छ भन्ने सोच थपिदै गयो र उता बिदेशमा पनि श्रीमानको राम्रो कमाई नहुँदा स्वदेशमै फर्किई संगै व्यावसाय गर्ने र घर परिवार संगै बस्ने निधो गरिन र चमेली बचत तथा ऋण सहकारी संस्था लि.को ग्रामिण सेवा कार्यक्रमबाट पहिलो पटक ६० हजार र बिदेश रहँदाको बखत अलि अलि बचत गरेको रकम थप थाप गरी घरकै छेउको करेसा बारीमा सानो बाँसको छाप्रो बनाई कुखुरा पालन व्यावसाय शुरुवात गरिन र शुरुमा ५०० थान चल्ला राखिन । दुबै जना रात दिन आफनो दिनचर्या कसरी गर्ने भन्ने कुरामा चिन्तित हुदै व्यावसायको बृद्धि गर्ने भनेर मेहनत गर्न थालिन । जसले गर्दा थोरै थोरै भएपनि व्यावसाय बृद्धि हुन गयो । यसरी बृद्धि भएको देखेर उनी खुसी हुदै दोश्रो पटक फेरी ६० हजार रुपैया ऋण माँग गरेर पुःन सोही व्यावसायमै लगाईन र चल्लाको दाना तथा औषधी खर्चमा प्रयोग गरिन । व्यावसायको कारोबार बढ्न थालेपछि उनी व्यावसायमै व्यस्त भईन । उनलाई घर व्यवहार सम्हाल्न निकै गाह«ो थियो । उनको आफनो बस्नको लागी घर पनि पानी हावा छेक्ने खालको थिएन । घर व्यवहार एकलै चलाउनु पर्ने त्यसमाथि घर पनि नहुँदा निकै दुखि हुदै आधा कुखुरा बेचे र तेश्रो पटक संस्था बाट रु १ लाख २० हजार ऋण थप लिई घर बनाईन । घर बनाई सकेपछि चौथो पटक पुनः ९० हजार रुपैया माँग गरिन । उनले माँग गरेको रकमबाट व्यावसायको दायरा बृद्धि गर्दै आम्दानी बढाउने तर्फ केन्द्रित रहिन । अहिले उनलाई कुखुरा पालन गरेको व्यावसाय गर्न झन्डै २ बर्ष पुगी सकेको छ । कुखुरा पालन व्यावसाय बाट निरन्तर आम्दानी भई रहने नभई समय लाग्ने भएकाले यो व्यावसाय संगै सिताको श्रीमानले छिमेकी गाउँ संग सम्पर्क गरी कुखुराका दान देखी लिएर चल्ला समेत डिलर संग सम्पर्क गरी पुरयाउने र लाने काम गर्दा डिलर वाला संग कमिशन बेशमा प्रति के.जी २ रुपैया सम्म लिने गरेको सुनाउछिन । सिताको श्रीमानले पनि कुखुरा पालन व्यावसाय सम्बन्धी तालिम भरतपुर चितवनमा ३ दिनको तालिम पनि लिएको बताउँछिन । हाल उनी व्यावसाय बाट प्रति लट ५० देखी ५५ हजार सम्म आम्दानी भएको बताउँदै व्यावसायमा एकदमै मेहनतका साथ बृद्धि गरिएकि छिन । हाल चौथो पटक कर्जा लिई कुखुरा पालन व्यावसाय गर्दै आईरहेको बताउँदै पहिले ऋण भनेपछि डर मान्ने सिताले यस चमेली बचत तथा ऋण सहकारी संस्था लि.को ग्रामिण सेवा कार्यक्रममा आवद्ध भएपछि धेरै ऋण कारोबार गरिसकेकी छिन । उनि भन्छिन, मेरो पहिलेको जिवन भन्दा अहिलेको जिवनमा धेरै परिवर्तन भएको छ । गाउँ समाजले गरिब भनेर अपहेलना गर्ने सिता आज आफनो व्यावसायको मालिक भएकि छिन् । उनि भन्छिन, आम्दानीको स्तर बढेकै कारण नियमित बचत गर्ने गरेकि छु । नियमित किस्ता तिरेकी छु । यस संस्था बाट चार पटक सम्म ऋण कारोबार गरेकि छु । उनी मख्ख पर्दै भन्छिन, अझै व्यावसायलाई बढाउने योजना गरेकि छु । अहिले उनको घरमा एक छोरा गरी तिन जनाको परिवार छ । सिता खुसि हुँदै भन्छिन, यस चमेली बचत तथा ऋण सहकारी संस्थाको ग्रामिण सेवा कार्यक्रमबाट सानो सानो ऋण लिएर शुरु गरेको व्यावसायले आज मेरो जिवन परिवर्तन हुनुका साथै भविष्य उज्जवल बन्न पुगेको छ । उनि गर्वका साथ भन्छिन आज मेरो जिवन एका–एक दुख ः बाट सुख ःमा परिवर्तन गर्ने चमेली बचत तथा ऋण सहकारी संस्थाको ग्रामिण सेवा कार्यक्रमले बिभिन्न किसिमका बचत, ऋण तथा तालिमहरु उपलब्ध गराई व्यावसायमुखि भएकी छु । मेरो जिवन पहिलेको भन्दा अहिलेको अवस्थामा पु¥याउनमा सहयोग गर्ने चमेली बचत तथा ऋण सहकारी संस्थाको ठुलो साथ र सहयोग रहेकोले यस संस्थालाई मेरो हृदय देखि नै धन्यवाद दिन चाहन्छु भन्ने बताउँछिन ।

“शान्तीको आफ्नै गाई फार्म बाट मनग्यै आम्दानी”

बरहथवा न.पा. ५ का शान्ती देवीको एउटै चिन्ता थियो । बढदो महगीमा कसरी परिवार पाल्नु भन्ने पीरले उनलाई दिनमा चैन र रातमा निन्द्रा लाग्दैन्थ्यो । बिहान, दिउसो काम गरेको कमाई साँझ सकिन्छ, उल्टो झन ऋण लाग्छ बेचैन हुन्छु , उनले भने । तर समय सधै एकैनास हुदैन समय परिवर्तन संगै शान्तीको जिवनमा खुशी छायो । भन्छिन मनमा दृढ संकल्पको अनि मेहनतका साथ अगाडी बढनुस भगवानले साथ दिन्छन् । त्यस्तै भयो शान्तीको जिवनमा । शान्तीको कष्टकर जिवन अहिले सुखमय भएको एक उदाहरणको रुपमा देख्न सकिन्छ । चमेली सहकारीमा २०७६ साल माघ २७ गते समुहमा आवद्ध भई सदस्ता लिई पहिलो पटक ५० हजार लिई १ थान ीयअब िगाई खरीद गरी सोही गाईको पालन पोषण गरी दुध बिक्री गरी चमेली सहकारीको किस्ता सजिलै तिरी तर समयको महगाइृले घर परिवारको खर्च , बालबच्चाको पढाई लिखाई , औषधी उपचारले कहाँ खर्च धान्न सकिन्छ र रु यसरी श्रीमान रामनरेश साह कलवार संग छलफल गरी एउटा निष्कर्षमा पुगी र निधो गरीन । पुनः चमेली सहकारी संग दोश्रो पटक १ लाख कर्जा लिई ज्यकितभष्ल गाई किनिन , यसरी अगाडी बढ्दै गईन र तेश्रो पटक चमेली सहकारी बाट ऋण १ लाख ५० हजार लिई थप गाई खरीद गरेको , “ब्याहुत पशु पालन फार्म” दर्ता गरेको र उक्त फार्ममा हाल ९ वटा ज्यकितभष्ल गाई रहेको जस मध्ये ५ वटा गाईले दुध दिने गरेको , बिहान बेलुका ४५ देखी ५० लिटर सम्म दुध दिने गरेको बताउछिन । उक्त दुध प्रति लिटर रु ५६ का दरले मेरो श्रीमान शंकरपुर राजघाट साना किसान दुग्ध सहकारीमा दिने गरेको , मासिक ८० हजार सम्म आम्दानी गर्ने गरेको बताउछिन । हाल सोही फार्ममा श्रीमान र आफु काम गर्ने गरेको २ छोरा मध्ये एउटा छोरा पोखरामा काम गर्ने गरेको र कान्छो छोरा ड्राईभिन सिकेर भ्यान चलाउने गरेको र मासिक १२ हजार सम्म तलब÷कमाई रहेको सुनाउछिन । बैंकले धनी लाई मात्र ऋण लगानी गर्ने , साहु महाजनले पनि चर्को ब्याज लिने तर चमेली सहकारीले बिना धितो समुह जमानतमा ऋण प्रवाह गर्दा गरीबहरुको आर्थिक अवस्थामा सजिलै सुधार तथा पहुँच भएकोले चमेली सहकारी लाइृ धेरै धेरै धन्यवाद दिन चाहन्छु । चमेली मेरो जिवनमा एउटा साहु÷महाजन नभई एउटा साथी भएर आयो , भन्छिन जसलाई केही छैन , कोही छैन उसलाई चमेली सहकारी छ जो कि बेसहारा लाई सहारा दिने गरेको छ । उनी भन्छिन दुःख र आपत परेको समयमा आजको यो अवस्था आउँछ होला भन्ने एकरत्ती पनि सोचेकी थिईन । निरीह, वेसहारा र एक्लो अवस्थामा चमेली सहकारीको साथ र सहयोगका कारण आज आफु संगै छोरा छोरीहरुको उज्जवल भविष्यका लागी अगाढी बढी रहेकी छु । लगनशील र परिश्रमी भए एक दिन अवश्य सफलता हासिल गर्न सकिने रहेछ भन्दै जीवनस्तर परिवर्तनका लागी परिश्रमी र आत्मनिर्भर हुनु पर्ने सुझाव दिन्छिन । खोसिएकी खुशी फर्काउन सफल शान्ती देवी

सफल उधमी भईन दुखिया देवी चौधरी…

निरन्तर संघर्ष गरेपछि असम्भव भन्ने कुरा केही पनि हुदैन भन्ने भनाई जस्तै उदाहरणीय व्यक्ति बनेकी छिन दुखिया देवी चौधरी । उहाँको सर्लाही जिल्ला लालबन्दी ०६ जब्धी गाउँमा बुवा शिवदत्त चौधरी र आमा नैनवत्ती चौधरीको कोखबाट २०३९ साल बैशाख २५ गतेको दिन जन्म भएको थियो । घरको आर्थिक अवस्था राम्रो नभएको र सामान्य खेती किसानी भएकोले पढन नपाएकी बताउनु हुन्छ । उहाँको सर्लाही जिल्ला चन्द्रनगर ०३ बडकुर्वामा शंकर चौधरी संग सामाजिक परम्परा अनुसार विवाह पश्चात घरको कामकाजमा व्यस्त हुने गर्दथिन ।

२०७५ साल बैशाख ०४ गते चमेली बचत तथा ऋण सहकारी संस्था लि.ईश्वरपुर सर्लाहीको समुह आएपछि आफु संग भएको रकम बचत गर्ने र कर्जा लिएर व्यवसाय गर्ने उदेश्यले केन्द्र न.७९ समुह न.०२ मा सदस्यको रुपमा आबद्ध हुनु भयो । समुहको सदस्य भएदेखि बैठकमा नियमित उपस्थित हुने, नियमित बचत गर्ने गर्नु हुन्थ्यो । निजको श्रीमान यस भन्दा पहिले चितवन राष्ट्रिय निकुञ्जको हाथिसारमा काम गर्नु हुन्थ्यो । श्रीमानले निवृतभरण पाएपछि दुबै जनाको सल्लाह अनुसार घर परिवारको हेरचाह बाल बच्चाको पालन पोषण लगायत देखी लिएर पढाई लिखाई तथा औषधी उपचार अथवा घरायसी खर्चमा पनि समेत समस्या आउन थालेपछि चमेली बचत तथा ऋण सहकारी संस्था लि.को समुहबाट पहिलो पटक रु १५,००० कर्जा लिएर १ थान सिलाई मेशिन खरीद गर्नु भयो र श्रीमान ज्याला मजदुरी गर्न थाल्नु भयो । यसरी वहाँको दिनचर्या निरन्तर अगाडी बढ्दै गयो , मेहनत गदै अगाडी बढी रहेको थियो । जिन्दगीको शुरुवात समयमा निकै दुख समस्या भोग्नु परेको कहानी बताउनु हुन्छ तर वहाँले आफनो जिवनमा रत्तिभर पनि ह«ास खानु भएन । निरन्तर आफनो पेशामा निरन्तर रुपमा लाग्नु भयो । आफनो पेशाबाट भएको आम्दानीले घर खर्च चलाउने , छोरा छोरीको पढाई खर्च साथै ऋणको किस्ता पनि सोही आम्दानीले नियमित बुझाउन सहज भयो ।

पेशालाई अझ ठुलो बनाउने उदेश्यले समुहमा आबद्ध भएको करिब एक बर्ष पछि यसै चमेली सहकारीको समुहबाट रु १,००,००० व्यावसायिकक कर्जा लिएर व्यवासाय अझ ठुलो बनाउनु भयो जसमा सिलाई मेशिन ४ थान र ईन्टरलक मेशिन पनि खरीद गर्नु भयो । पेशा व्यावसाय ठुलो भएपछि आफु उक्त पेशामा नभ्याएपछि कामदारको आवश्यक्ता भएर

माछा व्यावसायबाट स्वरोजगार बन्दै गिता कुमारी

जिल्ला सर्लाही बरहथवा न.पा.वार्ड न.०७ भगवतीपुर, लालडियर बस्ने एक गरीब परिवार बिल्टु मुखिया र आमा तलिया देवी छोरीको रुपमा गीता कुमारीको २०४४ श्रावण १४ गते जन्म भएको हो । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण गीता कुमारीले पढ्न नपाउदै र हाम्रो मधेश समुदायमा बढ्दै गएको छोरीचेलीले कतै घरको बाबु, आमाको ईज्जतमा दाग त लगाउने होईन भनी मानसिकता बसेको हुँदा सानै उमेरमा छँदा गीता कुमारीको सर्लाही जिल्ला कबिलासी नगर पालिका वार्ड न. ०६ जमुनिया बस्ने जगदेव मुखियाको छोरा राजाराम मुखिया संग सामाजिक परम्परा अनुसार २०६५ सालमा विवाह गरी दिनु भयो । बिवाह गरेर श्रीमानको घरमा बस्दा आर्थिक अवस्था कमजोर रहेको कारण घरमा दिनहुँ जसो पारिवारिक कारणले झै झगडा मनमुटाव भै रहने बताउँछिन । यसरी पारिवारिक कलहले गर्दा गीताले आफनो बुवा संग पारिवारीक समस्याको बारेमा बताएपछि माईती तिर नै आएर केही व्यावसाय गर्ने भनी निर्णय गरीन । भनिन्छ नि मेहनत गर्ने ब्यक्ति कहिल्यै पनि असफल हुदैन किनभने हरेक सफलता संगै असफलता, आत्मबिश्वास, संघर्ष, साथ–सहयोग र धैर्यताको कथा लुकेको हुन्छ । सरल भाषामा बुझनु पर्दा सफलता एकै पटकमा प्राप्त हुदैन र असफलता नै सफलताको शुत्र हो भन्ने गतिलो उदाहरण बनेकी हुन चमेली सहकारी संस्था लि.शाखा कार्यालय बरहथवा सर्लाही केन्द्र न.८४ लवकुश चमेली महिला केन्द्रकी प्रमुख गिता कुमारी । जिल्ला सर्लाही बरहथवा नगरपालिका वार्ड न.०७ भगवतीपुर निवासी गिता कुमारी अहिले ३६ बर्षको हुनुभयो । गिता कुमारीको परिवारमा श्रीमान, छोरा २ र छोरी १ सहितको सानो परिवार छ । ठुलो छोरा ८ कक्षा , कान्छो छोरो ५ कक्षा र छोरी ४ कक्षामा पढी राखेको बताउँछिन । छोरा छोरीहरु लाई पढाउन र घरखर्च चलाउनको लागी गिता र उसको श्रीमान राजाराम मुखिया आफै मेहनत गर्नु हुन्छ ।
भौगोलिक रुपमा हेर्दा बरहथवा नगर पालिकाको भगवतीपुर लालडियर बिकट क्षेत्र मानिन्छ । जग्गा जमिन धेरै भएका किसानहरुले पनि मकै , आलु , उखु खेती बाहेक अन्य बाली त्यति उत्पादन नगर्ने बताउँनु हुन्छ । खेतीपाती बाट राम्रो आम्दानी नभए पछि त्यस ठाउँका पुरुषहरु प्राय जसो बैदेशिक रोजगारमा जाने गर्दछन् । तर गिता भने आफनो श्रीमानलाई बिदेश नपठाएर गाउँमै केही व्यावसाय गरेर बस्ने उचित ठान्नु भयो । दुबै जना मिलेर केही व्यावसाय गरि आफनै गाउँठाउँमा पैसा कमाउने योजनाका साथ माछा पालन गर्ने सल्लाह गर्नु भयो । करीब ५ बर्ष देखी चमेली बचत तथा ऋण सहकारी संस्था लि.मा आबद्ध भई बचत गर्दै आएकी गीता लाई व्यावसाय गर्ने उत्प्रेरणा पनि चमेली सहकारीले नै दिएको भन्नु हुन्छ । बरहथवा शाखा द्धारा गठन गरीएको लवकुश चमेली महिला केन्द्रमा आबद्ध भएपछि व्यावसाय गर्न चाहने सदस्यहरुलाई ऋण उपलब्ध गर्ने व्यवस्था रहेको थाहा पाउनु भयो । थोरै लगानी बाट सानो व्यावसायको शुरुवात गरी स्वरोजगार बन्न सकिने लक्ष्यका साथ माछा पालन व्यावसाय शुरु गर्नु भयो । आफुले बचत गरेर राखेको केही रकम र समुह बाट १ लाख ६० हजार रकम ऋण लिई माछा पालन गर्न शुरुवात गरिन । शुरुवातमा पोखरीहरु बाट माछा खरीद गर्ने र हाट बजारमा गई बेच्ने गरेको गीताको श्रीमानले बताउँनु हुन्छ । हाल अहिले १५ वटा माछाको पोखरी ३० बिघामा ठेक्का लिएको र २ बिघामा नर्सरी गरेको सुनाउँनु हुन्छ साथै १५ जना सम्म कामदार राख्नु भएको बताउँनु हुन्छ । हाल उक्त व्यावसाय बाट बार्षिक २५ देखी ३० लाख सम्म आम्दानी गर्नु हुन्छ र भन्नु हुन्छ छोरा छोरीको पढाई खर्च , घर खर्च , ज्याला खर्च सम्पुर्ण काटी बचेको पैसाले १ बिघा १० कठा जग्गा ५ बर्षको अन्तरालमा जोडको छु । भन्नु हुन्छ चमेली सहकारी र सेवा केन्द्र बरहथवाको कर्मचारीलाई हृदय देखी नै धन्यवाद दिन चाहन्छु र चमेली सहकारीले हामीलाई लगाएको गुण कहिले बिर्सिने छैन ।

शिला देवी राय बनिन् सहकारीको ऋणले कस्मेटिक पसलकी साहुनी

सहकारी मार्फत धितो र बिना धितोमा कर्जा लिई व्यावसाय गरी सफल बनेका महिला उघमीहरु प्रशस्तै भेटिन्छन ।तिनै सफल महिला उद्धमी मध्येकी एक हुन शिला देवी राय । सर्लाहीको ईश्वरपुर नगरपालिका वार्ड न.६मा केन्द्रिय कार्यालय रहेको चमेली बचत तथा ऋण सहकारी संस्था लि.बाट ऋण लिएर उद्धमी बनेकी उनै शिला देवी राय कसरी सफल बनिन त रु चमेली बचत तथा ऋण सहकारी संस्थाले तयार पारेको शिला देवी रायको सफलताको कथा जस्ताको तस्तै ।
मेरो नाम शिला देवी राय हो । हाल म सर्लाही जिल्लाको मलंगवा न.पा.वार्ड न.२ मा आफनो परिवार संग खुशीसाथ जीवनयापन गरी रहेकी छु । गरीब भई जीवन यापन गर्दाको पिडा मलाई राम्ररी थाहा छ । मेरो जन्म सखुवाहा गा.बि.स.वार्ड न. ४ रौतहट निवासी राय परिवारमा जेठी छोरीको रुपमा भएको थियो । घरमा ६ जना छोरा छोरी आमाबुवा गरी ८ जनाको परिवारमा कमाउने मेरो बुवा १ जना मात्र हुँदा अभावै अभावको जिवन थियो हाम्रो । पढ्ने रहर हुँदा हुँदै पनि जेठी छोरी भएकाले आफनो पढाई लाई निरन्तरता दिन नसक्दा ती दिनहरु सम्झिदा आज पनि मेरो आखाबाट आसु झर्छ ।
म १९ बर्ष र १२ कक्षामा पढ्दै गर्दा सर्लाही जिल्लाको मलंगवा न.पा. वार्ड न.२ निवासी गौरीशंकर राय संग मेरो बिवाह भयो । बिवाह गरी माईती बाट विदा भएर आउँदा नयाँ जिवनको शुरुवात सुखी होला भन्ने धेरै हर्ष थियो भने जिज्ञासा पनि उत्तिकै थियो ।
कस्तो होला घर , परिवारका मान्छे कस्ता छन यस्तै उस्तै अनकौ प्रश्नहरु मेरो मानस पटलमा गुञ्जिरहेको थियो । गरीब भएपनि मेरो श्रीमान धेरै मेहेनती हुनुहुन्थ्यो । तर श्रीमानको मात्र कमाईले घर चलाउन गाह«ो भएपछि म आफुले पनि केही गर्नु पर्यो भनेर मजदुरी गर्न शुरु गरे । जीवनको समय चक्र संगै बिहे गरेको ५–६ बर्षमा १ छोरी र १ छोराको जन्म भयो । परिवार संख्या बढ्दै गयो तर आम्दानी बढन नसकेकोले घर चलाउन निकै गाह«ो हुन्थ्यो । समस्याको उपाय केही नपाएर छटपटाई रहेको बेला गाउँमा डुल्दै एक जना नचिनेको मान्छे मोटर साईकलमा म बसी रहेको ठाउँमा आउनु भयो । मलाई नमस्कार दिदी भनी सम्बोधन गर्दा लाज लागेर आएको थियो । उहाँ चमेली बचत तथा ऋण सहकारी संस्थाको कर्मचारी हुनुहुदो रहेछ ।
त्यो दिन उहाँले चमेली बचत तथा ऋण सहकारी संस्थाको सेवा सुबिधाको बारेमा धेरैबेर सम्म कुरा गर्नु भयो । उहा्ँले कुरा गरी रहँदा मलाई लाग्यो भगवानले मेरो लागी नै उहाँलाई यहाँ पठाएको होला किनकी उहाँले बिनाधितो नै बिश्वासको भरमा ऋण दिने कुरा गरी रहनु भएको थियो । मेरो मनमा घरको लागी जग्गा किन्न सकिने रहेछ भन्ने कुरा खेलिरहेको थियो ।
त्यसपछि मैले गाउँमा साथीहरु संग कुरा गरी एउटा समुह गठन गर्ने प्रयास गरे । शुरुमा त मलाई कसैले नपत्याउने भएर होला उनीहरु मानेका थिएनन् । तर पछि चमेली सहकारीको सरले नै सबैलाई चमेलीको बारेमा कुराहरु गर्दा १० जना साथीहरु भेला भई समुह गठन भएको थियो ।
पहिलो पटक चमेली बचत तथा ऋण सहकारी संस्था लि.बाट रु ६०,००० साधारण ऋण लिई ३ कठ्ठा खरीद गरेको जग्गामा अहिले मेरो ४ कोठाको पक्की घर रहेको छ । मेरो श्रीमानले छापाखानामा कम्प्युटर अपरेटरको काम गरी मासिक रु २५ हजार आम्दानी गरी किस्ता तिर्नमा सहयोग गर्नु हुन्थ्यो भन्ने मैले कस्मेटिक पसल गरी घरखर्च र किस्ता तिर्ने गर्थे ।
दोश्रो पटक रु १,००,००० लाख ,तेश्रो पटक रु १,५०,००० चौथो पटक रु २,००,००० पाचौ पटक रु २,५०,००० छैठो पटक रु ३,००,००० सातौ पटक रु ३,५०,००० र आठौ पटक रु ३,००,००० लिई कस्मेटिक पसलमा नै लगाएको बताउछिन । प्रतिदिन ४ देखी ५ हजार सम्म सामान बिक्री गरी दैनिकी रु १ हजार खुद नाफा गर्ने गरेको र उक्त नाफा चमेली सहकारीमा नै बचत जम्मा गर्ने गरेको बताउछिन । हाल निजको आफनै नाममा ५ कठ्ठा १० धुर जग्गा रहेको र श्रीमानको नाममा ३ कठ्ठा जग्गा रहेको , एकतल्ले ४ कोठाको घर रहेको छ ।
श्रीमानलाई कामको शिलशिलामा आवतजावत गर्न सजिलो होस भनेर मोटरसाईकल किन्यौ । मैले कस्मेटिक पसल बढाउदै लगे । अहिले श्रीमानको कम्प्युटर अपरेटरको कामबाट मासिक रु ४० हजार जति कमाउनु हुन्छ , म पनि पसल बाट मासिक रु ३० देखी ३५ हजार सम्म राम्रो आम्दानी गरी रहेकी छु । छोरा छोरीहरु राम्रो संग पढाई राखेकी छु ।
चमेली बचत तथा ऋण सहकारी संस्थाले सही बाटो देखाउनुको साथै आवश्यक सहयोग गरेका कारण आज मेरो परिवारमा खुशीको पलहरु छाएका छन् । ऋणले मानिसको जीवनमा आमुल परिवर्तन ल्याउन सक्दो रहेछ तर चलाउन नजान्ने र क्षमता भन्दा बढी ऋण चलाउन खोजे जटिल परिस्थीति पनि आउन सक्ने रहेछ भन्ने भेरो ठुलो भोगाई छ । मेरो परिवारलाई खुशी र सुखी बनाउन भगवानको प्रतिक भएर नमस्कार दिदी भनी सम्बोधन गर्दै मेरो गाउँमा आउने चमेली बचत तथा ऋण सहकारी संस्था लि.का ती कर्मचारीलाई हृदय देखी धन्यवाद दिन चाहन्छु ।

Scroll to Top