Savings Services

कोष तथा बचत व्यवस्था
कार्यक्रम अन्तर्गत निम्न कोष तथा बचतहरुको व्यवस्था गरिएको छ । कोष तथा बचत व्यवस्थामा संचालक समितीवाट संशोधन गर्न सक्नेछ ।

१. केन्द्र बचत
यस कार्यक्रममा संलग्न ग्रामीण महिला सदस्यहरुमा थोरै भएपनि नियमित बचत गर्ने बानी बसाल्न केन्द्र बचतको व्यवस्था गरिएको छ ।

(क) कार्यक्रममा संलग्न प्रत्येक समूहका सदस्यहरुलाई दुई साप्ताहिक वा मासिक केन्द्र बैठकमा जम्मा गरेको बचत रकम तथा समूह प्रवेश पूर्व तालिम अवधिको बचत रकम केन्द्र बचतमा राखिनेछ ।
(ख) केन्द्र बचत रकम केन्द्र मार्फत समूहले संचालन गर्ने गरी शाखा÷उपशाखा÷इकाई कार्यालयमा जम्मा गरिनेछ । यस बचत हिसाबमा वार्षिक ६ (छ) प्रतिशतका दरले ब्याज दिइनेछ । यस्तो ब्याजदरमा संस्थाको संचालक समितीबाट समय समयमा हेरफेर हुन सक्नेछ । न्युनतम जम्मा गर्ने रकम संस्थाले तोके बमोजिम हुनेछ ।
(ग) यस बचत रकम मध्येबाट परिच्छेद (ज) केन्द्र कोषबाट प्रदान गरिने ऋण व्यवस्था बमोजिम सदस्यहरुलाई ऋण प्रदान गर्न सकिनेछ । तर यो सुबिधा लिन अन्य कर्जा नभएको हुनु पर्ने छ ।
(घ) समूहका कुनै सदस्य समूहबाट हटेमा निजको ऋणको सावा तथा ब्याज र अन्य दायित्व कट्टा गरी निजको बाकी केन्द्र बचत रकम फिर्ता दिईनेछ । तर कुनै सदस्यको जमानी बसेको रहेछ भने निजको कर्जा चुक्ता नहुञ्जेल केन्द्र बचत को रकम फिर्ता गरीने छैन ।

२. केन्द्र कोष
केन्द्रका सदस्यहरुलाई आत्मनिर्भर बनाउन र एक आपसमा मिलि काम गर्न र निजहरुमा सहकारीताको भावना जगाउन केन्द्र कोषको व्यवस्था गरिएको छ ।
(क) कार्यक्रमबाट सदस्यहरुले लिएको साधारण ऋण रकमको २ (दई) प्रतिशत केन्द्र कोषको लागि कट्टा गरि सो रकम केन्द्र कोषमा राखिनेछ ।
(ख) यस कोषको रकम केन्द्रबाट संचालन हुने गरी शाखा÷उपशाखा कार्यालय जम्मा गरिनेछ । प्रत्येक सदस्यको केन्द्रकोषको हिसाव बेग्ला बेग्लै प्रष्ट देखिने गरी राखिनेछ ।
(ग) केन्द्र कोषमा वार्षिक ६ (छ) प्रतिशतका दरले ब्याज दिनेछ । संस्थाको संचालक समितीबाट यस्तो ब्याजदरमा हेरफेर हुन सक्नेछ ।
(घ) यस कोषमा जम्मा भएको रकम सदस्य निस्काषण भएको वेला मात्र फिर्ता दिईनेछ । सदस्यलाई केन्द्र कोषमा जम्मा भएको सावा तथा ब्याज रकम फिर्ता दिंदा निजसंग लिनु पर्ने दायित्वहरु कट्टी गरी बाकी रकम मात्र फिर्ता गरिनेछ । तर कुनै सदस्यको जमानी बसेको रहेछ भने निजको कर्जा चुत्ता नहुञ्जेल केन्द्र बचतको रकम फिर्ता गरीने छैन ।
(ङ) समूह÷केन्द्र छाडी जाने सदस्यहरुलाई पनि निजको केन्द्र कोष कट्टा भएको रकम सोको ब्याज हिसाव गरी आउने रकममा निजको ऋणको सावा तथा ब्याज र दायित्वहरु कट्टा गरी बाकी रकम मात्र फिर्ता गरिनेछ । तर कुनै सदस्यको जमानी बसेको रहेछ भने निज को कर्जा चुक्ता नहुञ्जेल केन्द कोषको रकम फिर्ता गरीने छैन ।

३. व्यक्तिगत बचत वा ऐच्छिक वचत 
(क) कार्यक्रममा संलग्न सदस्यहरुले आफूसंग भएको रकम व्यक्तिगत बचत खातामा राख्न सक्नेछन् । दुई साप्ताहिक वा मासिक बैठकको समयमा सदस्यहरुले व्यक्तिगत बचत खातामा रकम राख्ने र झिक्ने कार्य गर्न सक्नेछ । व्यक्तिगत बचत खातामा सदस्यको न्यूनतम रकम रु.५००।– (पाच सय) सम्म देखी कारोवार गरिनेछ, सो भन्दा कम रकम भएमा फिर्ता नहुने तथा कारोवार गर्दा जती पनि राख्न भिक्न सकिने छ ।
(ख) व्यक्तिगत खातामा समूह÷केन्द्रका सदस्यहरुले केन्द्र बैठकको दिनको अलावा शाखा÷उपशाखा ÷ ईकाई कार्यालय खुल्ने अरु दिनमा कार्यालयमा गई पनि व्यक्तिगत बचतको कारोवार गर्न सकिनेछ ।
(ग) व्यक्तिगत बचतको रकम शाखा÷उपशाखा÷इकाई कार्यालयमा जम्मा गरिनेछ । यस बचत हिसावमा शाखा÷उपशाखा÷ईकाई कार्यालयबाट बार्षिक ६ प्रतिशत ब्याज दिइनेछ । यस्तो बचतमा दिइने ब्याजदर संस्थाको संचालक समितीबाट हेरफेर हुन सक्नेछ ।
तर कुनै सदस्यको जमानी बसेको रहेछ भने निज को कर्जा चुत्ता नहुञ्जेल ब्यक्तिगत बचत को रकम फिर्ता गरीने छैन । 

४. उपकार कोष 
(क) केन्द्र बैठकबाट संकलित दण्ड, जरिवाना, चन्दा तथा अन्य सामुहिक रकम उपकार कोषमा राखिनेछ । यस कोषको संचालन केन्द्रबाट हुनेछ । र प्रति बैठक रु.५० अनिवार्य जम्मा गर्नु पर्ने छ ।
(ख) उपकार कोष रकम शाखा÷उपशाखा÷ईकाई कार्यालयमा जम्मा गरिनेछ । यस कोषको हिसाबमा शाखा÷उपशाखा÷ईकाई कार्यालयले वार्षिक ६ (छ) प्रतिशत ब्याज दिइनेछ । संस्थाको संचालक समितीवाट यस कोषमा दिइने ब्याज दरमा हेरफेर हुन सक्नेछ । 

५. अन्य बचत÷कोष 
केन्द्रको आवश्यक्ता अनुसार अन्य बचत तथा कोषहरु संचालन गर्न सकिनेछ ।  
६.     पेन्सन बचत 
  संस्थाले सदस्यहरुलाई आफ्ना सन्तानको उचित शिक्षा, बसोवासका लागी घर तथा बृद्ध अवस्थामा स्वास्थ्य र खानाको ब्यबस्थाको लागी संस्था कटीवद्ध छ सोही अनुरुप संस्थाले युवा उमेरमा कर्जा सहयोग गरी ब्यबसायिक बनाउने र अहिलेको बचतले बृद्ध अवस्थामा खान पुग्ने ब्यबस्थालाई मध्य नजर गर्दै पेन्सन बचत योजना तयार गरीएको छ । सदस्यले समुहमा रहुञ्जेल पेन्सन बचत जम्मा गर्ने छ र उक्त रकममा ७ प्रतिशत ब्याज दिईने छ । सदस्य केन्द्र÷समुह वाट निस्काषण हुदा उक्त सावा तथा ब्याज रकम गरी कुल रकम पेन्सन भुक्तानी बचत खातामा जम्मा गर्नु पर्नेछ यसरी उक्त रकम पेन्सन बचतमा जम्मा भएको रकममा ९ प्रतिशतको दरले मासिक ब्याज पेन्सन स्वरुप दिईछ । 
 
७. शेयर बचत 
क) सहकारीको मुल्य मान्यता र सिद्धान्त अनुरुप संस्थामा शेयर सदस्य भई मात्र केन्द्र÷समुह मा आवद्ध भई कारोवार गर्न सकिनेछ ।
ख) यस कार्यक्रमको उद्देश्य अनुरुप न्युन आय भएका ब्यक्तिहरुलाई लक्षित वर्ग मानि समुहमा आवद्ध गरिने भएको हुदा केन्द्रमा आवद्ध हुन चाहने ब्यक्तिले सदस्य अभिमुखीकरण तालिमको बखतमा शेयरको रकम कम्तीमा १ थान लिई केन्द्र समुहमा आवद्ध हुन सक्नेछ र पछि शेयर रकममा थप गर्दै जानु पर्नेछ अथवा अति बिपन्न परीवारलाई किस्तामा शेयरको रकम बचत गराई प्रत्येक ३÷३ महिनामा असोज, पौष, चैत्र र अषाढमा शेयर बचतमा जम्मा भएको रकम शेयरमा ट्रान्सफर गर्नेछ वा कर्जा लिने बखत २.५ प्रतिशत कटा गरी शेयर खातामा जम्मा गरीनेछ ।
ग) यसरी जम्मा भएको शेयर रकममा संस्थाले अषाढ मसान्तमा नाफा भएको रकम वाट विनियम अनुसार प्राप्त भएको शेयर बोनस कोष वाट साधारण सभाबाट तय भएको वोनस दर अनुसारको रकम सदस्यको ब्यक्तिगत खातामा जम्मा गरीदिनेछ ।
घ) यसरी सदस्य भई कारोवार गरी रहदा संस्थाको साधारण सभामा सदस्यहरुले केन्द वाट आफ्ना प्रतिनिधी छानि पठाउन सकिनेछ । उक्त प्रतिनिधी द्धारा गरीएको निर्णयहरु मान्य हुनेछ ।
 
८. वाल बचत योजना (समृद्धी सुकन्या बचत योजना)
वाल बचत योजना सदस्यहरुको २ सन्तान सम्मलाई आत्मनिर्भर बनाउन र एक आपसमा मिलि काम गर्न र निजहरुमा सहकारीताको भावना जगाउन तथा सदस्यको सन्तान १८ वर्ष को उमेर पछि गर्न खोजिने काम वा उच्च शिक्षा प्राप्त गर्नको लागी यो योजना लागु गरिएको छ ।
 
१.जम्मा गर्ने बिधी 
क) यस बचत योजनामा सहभागी हुन न्युनतम मासिक रु.५०० का दरले सन्तान को जन्म हुने महिना देखी प्रति बैठक जम्मा गर्नु पर्नेछ । संस्था द्धारा प्राप्त हुने प्रसुती सदस्य स्याहार (सन्तान मुख देखाई) वापत को रकम वाट खाता को शुरुवात गरीने छ ।
ख) केन्द्र बैठक बिदा वा अन्य कारणवाट किस्ता नलिएमा अर्को बैठकमा दोब्बर गरी बचत को किस्ता जम्मा गर्नु पर्ने छ ।
ग) यस योजनाको अबधी १८ वर्षको हुनेछ यदि बिचमा सदस्यले समुहवाट निस्कन चाहेमा जम्म भएको रकममा ७ प्रतिशत ब्याज सहित सम्पुर्ण रकम फिर्ता दिईनेछ ।
घ) यस योजनामा सहभागी सदस्यको मृत्यु भएमा सदस्यको उत्तराधिकारीलाई उक्त अबधी सम्मको ब्याज सहित फिर्ता रकम दिईनेछ । वा नामसारी गरी संचालन गर्न सक्नेछ ।
ङ्ग) यस योजनामा सहभागी भए पश्चात बिचमा रकम थपघट गर्न सकिने छ । नेपाल सरकारको नियमानुसार सदस्यले पाउने ब्याजमा कर लाग्नेछ । यदी सदस्यले बिचमा खाता बन्द गर्न चाहेमा खाताबन्दी बापत रु.२०० लिई उक्त खाता बन्द गर्न सक्नेछ ।
च) सदस्यले दुई सन्तान सम्म यो योजनामा सहभागी गराउन सक्ने छ ।
पुनस्चः सदस्य निस्काषण हुदा रु.२००।०० निस्काषण शुल्क लिईने छ ।
 
९. चमेली ग्रामीण शक्ति कार्यक्रम 
यस संस्था द्धारा संचालित लघुबित्त कार्यक्रमलाई चमेली ग्रामीण शक्ति कार्यक्रमको रुपमा अघि बढाईने छ । यस कार्यक्रम अन्र्तगत चमेली ग्रामीण शक्ति केन्द्र बचत, चमेली ग्रामीण शक्ति केन्द्र कोष बचत, चमेली ग्रामीण शक्ति पेन्सन बचत योजना, चमेली ग्रामीण शक्ति ब्यक्तिगत बचत नाम परीर्वतन गरी संचालन गरीनेछ ।
 
१०. चमेली ग्रामीण शक्ति मृद्धती बचत योजना
यस कार्यक्रम अन्तर्गत संस्थामा आवद्ध सदस्यहरुलाई भविष्यको गर्जो टार्नको लागी एकमुष्ठ रकम राखेमा १२ वर्षमा साँवा सहित ३।५० दोब्बर, १८ वर्षमा साँवा सहित ७ दोब्बर रकम फिर्ता गरीनेछ । यस योजनामा एक सदस्य एक लाख भन्दा अधिक बचत स्विकार गरीने छैन ।
 
११. चमेली मातृ शक्ति मासिक बचत योजना
यस योजना को अबधी १५ वर्षे को हुनेछ यस योजना अन्र्तगत सदस्यले मासिक न्युनतम रु.५००।०० को दरले जम्मा गर्न सक्नेछ । यस योजना अन्र्तगत ब्याज कम्पाउन्डींग नगरी पेवलमा पठाईने छ । यस योजना अन्तर्गत सदस्यले १५ वर्ष सम्म क्रमिक बचत जम्मा गरेमा दोब्बर र १० वर्ष मा डेढ गुणा रकम भुक्तानी दिईनेछ । बिचमा निस्काषण भएमा बार्षिक ७ प्रतिशत ब्याज प्रदान गरीने छ ।
 
१२. चमेली युवा शक्ति कार्यक्रम
यस योजना अन्तर्गत तिन शुन्य क्लवमा आवद्ध युवाहरुलाई सहभागी गराई बचत गर्ने बानीको बिकाश गराउने छ । यस कार्यक्रम अन्तर्गत यस संस्थामा संलग्न युवाहरुले मासिक रु.५०० सम्म बचत गर्न सक्नेछ । यस योजनाको अबधी ५ वर्षको हुने छ र यस योजनामा वार्षिक ७ प्रतिशत ब्याज प्रदान गरीनेछ ।
Scroll to Top