पृष्ठ भूमि

सर्लाही जिल्लाको विभिन्न क्षेत्रका विपन्न परीवारलाई बैक बित्तिय संस्थाहरुवाट ऋण प्रदान नगर्दा अधिकांश ब्यक्तिहरु साहु महाजनहरुवाट सर सापटी कारोवार गर्दै आएको र सर सापटीको अत्याधिक महंगो दरमा ब्याज लिने चलन समेत रहेको थियो, त्यस वखत एक हजारको नोट साट्न पनि नसकिने र बैंकहरुबाट सर्वसुलभ रुपमा ऋण प्राप्त गर्न नसकिने अवस्था थियो । यस्ता विकराल अवस्थावाट संस्थाका सदस्यहरुलाई स्वरोजगार सृजना गरी आय स्तरमा बृदी गराउने उद्देश्यले संस्थाको संस्थापक अध्यक्ष श्री भरत साह ज्युको नेतृत्वमा सर्लाही जिल्लाका केही व्यक्ति द्धारा वित्तिय सहकारी संस्थाको रुपमा सहकारी संस्था स्थापना गर्ने सोचाईबाट चमेली बचत तथा ऋण सहकारी संस्था लि. को स्थापना भएको हो । यस संस्थाको विधिवत दर्ता २०५८ मसिंर २६ डिभिजन सहकारी कार्यालय धनुषा वाट स्विकृत भई मिती २०५८।८।२९ गते देखी कारोवार संचालन गरिएको र स्थापना कालमा २६ जना पुरुष र १ जना महिला व्यक्तिबाट एक÷एक सयको शेयर लिई रु.२७०० को शेयर पुंंजीवाट शुरु भएको यस संस्थाको आ.व.०८१।०८२ सम्मको शेयर पूंजी रु.६,५५,१७,६००।०० रहेको छ ।
Scroll to Top