लक्ष्य (Goal):
सन् २०३० सम्म समृद् नेपाल सुखी नेपाल को लक्ष्य पुरा गर्ने।
१.संस्थाको कार्यक्षेत्र भित्र रहेका सम्पुर्ण स्थानिय तहका सबै वडाहरुमा सेवा विस्तार गरी यस वर्ष 14000 सदस्य पुर्याउने । जसमा समूह तथा एकल समेत हुनेछ। उद्यमी ऋणी सेयर सदस्य संख्या 40 प्रतिशतले 5600 जना सामुहिक र एकल उधमी सदस्य पुर्याइने छ। निस्कृय सदस्यहरुलाई सकृय गराउने सकृय हुन नचाहने सदस्यहरुको सदस्यता खारेज गरिनेछ।
२.संस्थाको कार्यक्षेत्र भित्र रहेका कुल परीवार संख्याको २० प्रतिशत परीवारमा बित्तिय सेवा पु¥याउने उदेश्यले जिल्लाको उतरिक्षेत्रमा सेवा केन्द्रको पहुच पुरयाइने छ।
३.संस्थाको शेयर पुंजी 8 करोड 51 लाख 73 हजार, बचत 39 करोड ३८ लाख र ऋण लगानी वाकी 60 करोड 82 लाख पु¥याउने ।
४.स्थानिय स्रोत साधनको उपयोग गर्दै साझेदार संघ संस्था तथा बित्तिय संस्था बाट लिएको कर्जा घटाई सहकारी नियमन प्राधिकरण द्वारा तोकिएको सिमा भित्र ल्याईनेछ।
५.संस्थामा आवद्ध २० प्रतिशत सदस्यहरुलाई जिवन उपयोगी सीप तालिम उपलब्ध गराईने ।
६.संस्थामा आवद्ध सदस्यहरुलाई जीवन वरदान कार्यक्रम अन्तर्गतका सेवा उपलब्ध गराईने ।
७.संस्थाको ऋण असुलीलाई शत प्रतिशत कायम राख्दै संञ्चालन बित्तिय स्वःसक्षमतालाई बृद्धी गरिनेछ।
८.संस्थाले प्रदान गरेका सेवाहरुवाट आफ्ना सदस्यहरुको जिवनस्तरमा क्रमिक सुधार ल्याउने
९.ईश्वरपुरमा खरिद भएको जग्गामा तारवेरा लगाउने तथा मलंगवा शाखाको लागी कम्पाउन्ड वाल र भवन तथा रोजगार प्रवर्दन केन्द्र युवा उधमशिल्ता तालिम केन्द्र निर्माण गरिने छ ।
१०.यस आ.ब.मा थप 200 तिन शुल्य क्लव गठन गरी युवाहरुलाई शिप बिकाश तथा सामाजिक कार्यहरुमा सहभागी गराउने ।
१०.आ.व.०८३।०८४ भित्र प्रदेशकै नमुना सहकारी संस्था हुने ।
११.यस आ.व.को प्रमुख कार्य: १.भाखा नाघेको कर्जा ७ प्रतिशतमा ल्याउने २.उद्यमी ऋणी सदस्य संख्या वढाउने ३. शेयर तथा नियमित बचत बृद्धी गराउने ४.चमेली युवा शक्ति कार्यक्रम, चमेली मातृ शक्ति कार्यक्रम संचालन गर्ने । १,७०० तिन शुन्य क्लव गठन गरी चमेली युवा शक्ति कार्यक्रम अन्तर्गत पढदै कमाउदै कार्यक्रम संचालन गर्ने ।
१२.सदस्य प्रवेश अभिमुखीकरण कार्यक्रम सदस्य सुनौ र सदस्य चिनौ कार्यक्रम संचालन गर्ने, कर्जा दिने वेला सदस्य परामर्श संचालन गरीनेछ ।
१३.मोवाईल बैंकिंग, वेवसाईड अध्यावधिक, प्रबिधि मार्फत असुली प्रकृय तथा कोपोमिस अध्याबधिक पुर्ण रुपले गरीनेछ । सहकारी मार्फत समृद्धी नारा लाई आत्मसात गरी कार्यक्रम संचालन गरीनेछ ।
१४. रजत जयन्ती समारोह सम्पन्न गर्ने र सन् २०३० सम्म आफ्ना सदस्यहरुलाई समृद्व वनाई नेपाल सरकार द्वारा समृद्व नेपाल सुखी नेपालीको नारालाई सफल पार्नेछ।