Credit/Loan
कर्जा लगानीका आधारहरु
१.सदस्य भई कम्तीमा ३ महिना पुगेको हुनु पर्ने ।
२.बिना धितो समुह जमानी कर्जा मा अधिकतम प्रति सदस्य जोखिम रु.एक लाख वा समुहको बचतको १० प्रतिशत थप रकम भन्दा कम जे हुन्छ त्यती सम्म जोखिम लिन सक्ने छ ।
३.समुह जमानी कर्जा लगानी गर्दा ५ जनाको समुहलाई मात्र मुल्यांकन गरीनेछ र ५ जना भन्दा कम सदस्य समुहमा भए ५ जना पु¥याई मात्र लगानी गरीनेछ ।
४.कर्जा लगानी गर्दा सदस्य भएको अबधी र बचत तथा निजको ब्यबसायको आधार लिन सक्नेछ ।
५.परीयोजना अनुसार बढी कर्जा माग भई आएमा सदस्यको ब्यक्तिगत स्विकार योग्य जग्गा धितो लिई ऋण दिन सक्नेछ ।
६.सदस्य कर्जा माग फारममा सदस्यको ब्याबसाय, समुह तथा विगतमा लिएको कर्जाको विश्लेषण उल्लेख भएको हुनु पर्दछ ।
७. एक परीवार एक सदस्य अबधारणा अनुरुप कर्जा लगानी गर्ने र ५ जना पुरुषहरुको समुह निर्माण गरी स्विकार योग्य धितो लिई कर्जा सिमा भित्र कर्जा लगानी गर्ने ।
८. भाखा नघाएका सदस्यहरुलाई संस्था द्धारा प्रदान गरीने सेवा सुबिधा वाट बञ्चित गरीनेछ ।
१.साधारण तथा मौसमी (अनुशासन कर्जा)
यस संस्थामा आवद्ध सदस्यहरुलाई साधारण कर्जा तथा दोश्रो वर्षको ५ किस्ता नाघेपछि अनुशासन कर्जा (मौसमी कर्जा) उपलब्ध गराउदै आएको छ । तर तिन वर्ष देखि आवद्ध भई अनुशासित भई किस्ता नियमित रहेको सदस्यहरुलाई ब्यक्तिगत धितोको आधारमा घर जग्गा कर्जा र गाई भैसी फार्म, कृषि ब्यबसाय कर्जा, ब्यापार कर्जा समेत उपलब्ध गराईने छ । साना किसान बिकाश लघुबित्त संस्था द्धारा प्रदान गर्ने सहुलीयत कर्जा उत्कृष्ट कारोवार गरेका तोकिएका क्षेत्रमा लगानी गरीने छ ।
ऋणको सिमा
संस्थाले पहिलो वर्ष रु.३०,००० – दोश्रो वर्ष रु.५०,०००।– तेश्रो वर्ष रु.७०,०००।– चौथो वर्ष रु.१,००,०००।– पांचौ वर्ष पछि निजको बचतको डेढ गुणा र समुह केन्द्रको बचतलाई आधार मानी संस्थाले १० प्रतिशत थप गरी हुने रकम सम्म ऋण उपलब्ध गराईनेछ । समुह जमानीमा बचतको आधारमा अधिकतम जोखिम रु.१,००,०००।०० एक लाख सम्म लिनेछ । मौसमी अनुशासन कर्जा अधिकतम रु.तिस हजार सम्म प्रदान गरीने छ । माथि जे सुकै लेखिएको भए तापनि सदस्यको बचत लाई अधार मानेर दोब्बर सम्म तथा समुहको निर्णय अनुसार जमानी बस्नेहरुको बचत समेत जोडी जोखिम गणना गरी कर्जा प्रदान गर्न सक्नेछ ।
ऋणको समय
यो संस्थाले लगानी गरेको ऋण अवधि १ देखी ३ वर्षको हुनेछ । ऋणको असुली पाक्षिक रुपमा २५ किस्ता, मासिक वार्षिक १२ किस्तामा गरिनेछ ।
ब्याज दर
यो ऋणको ब्याज १५ प्रतिशत हुनेछ । संस्थाको संचालन स स्वसक्षमता हेरी संचालक समितीको निर्णय अनुसार ब्याज दरमा हेरफेर गर्न सक्नेछ ।
ऋण वितरण प्रणाली
ऋण दिंदा समूहको सामुहिक जमानी धितो वा ब्यक्तिगत जग्गा धितो को आधारमा ऋण दिइनेछ जसमा पहिलो पटक उप समूहको २ जना, त्यसपछि २ जना र अन्तिममा समूह नेतालाई दिइनेछ । ऋण पहिलो समूहको २ किस्ता तिरे पछि मात्र प्रोत्साहन स्वरुप अवलोकन भ्रमण वा तालिम दिने गर्दछ । सदस्य अभिमुखी करण तालिम लिई मान्यता प्राप्त सदस्यलाई मात्र दिइनेछ ।
१.चालु पुंजी तथा अन्य कर्जा
यस आ.व.मा नया सदस्यलाई चालु पुंजी कर्जा लगानी गर्ने छैन अति आवश्यक भएमा संचालक समितीको निर्णय अनुसार हुनेछ ।
ऋणको समय
योे ऋण अवधि १ वर्ष हुनेछ र मासिक ब्याज तथा बार्षिक रुपमा तोकिएको ब्यबस्थापन शुल्क लिई नविकरण गरीने छ । समयमा ब्याज नतिर्ने सदस्यलाई कर्जा प्रदान गरीने छैन ।
ब्याज दर
चालु पुंजी ऋणको ब्याज १६ प्रतिशत र धितो तथा समुह जमानी धितो संयुक्तमा १५।५ प्रतिशत हुनेछ । संस्थाको संचालन सःस्वसक्षमता हेरी संचालक समितीको निर्णय अनुसार ब्याज दरमा परीमार्जन गर्न सक्नेछ ।
ऋण वितरण प्रणाली
यो ऋण दिंदा संस्थामा बिगत ३ वर्ष देखी सदस्य भई करोवार गरी रहेका असल ऋणीलाई मात्र यो कर्जा उपलब्ध गराईने छ । ऋण सदस्य अभिमुखीकरण तालिम लिई मान्यता प्राप्त सदस्यलाई मात्र दिइनेछ ।
माथी जे सुकै लेखिएको भएतापनि कुल कर्जामा ५ प्रतिशत भन्दा बढी चालु पुंजी कर्जामा प्रवाह गर्न पाईने छैन ।