चौथो राष्ट्रिय लघुबित्त सदस्य सम्मेलन २०८० सम्पन्न
श्री स्वावलम्बन विकास केन्द्र काठमान्डौको आयोजनामा मिति २०८० साल फागुन ५ र ६ गते का दिन कार्की ब्यांक्वेट,माईतीघर हाईट, काठमाडौंमा चौथो राष्ट्रिय लघुबित्त सम्मेलन सम्पन्न भएको थियो उत्त कार्यक्रममा यस संस्थावाट ७ जना संस्थाका पदाधिकारीज्यूहरु, १२ जना संस्थाका उधमी सदस्यज्यूहरु र ५ जना चमेली तीन शून्य क्लवको पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा यस संस्थालाई ७ वटा विद्यामा पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
१. तीन शून्य क्लबमा उत्कृष्ट र उदाहरणीय काम गर्ने संस्था – चमेली वचत तथा ऋण सहकारी संस्था लि.
२. तीन शून्य क्लबमा द्यभकत क्गउउयचत एभचकयल ब्धबचम –कमलेश्वर प्रसाद साह (समाजिक तथा उद्यमशिल्ता शाखा अधिकृत )
३. तीन शून्य क्लब वतावरण तथा जलवायू परिवर्तनमा उत्कृष्ट काम गर्ने संस्था – चमेली वचत तथा ऋण सहकारी संस्था लि ।
४. उत्कृष्ट केन्द्र प्रमुख सदस्य श्रीमती अम्वीका देवी थरुनी चमेली साकोस
५. घर घर मा उधमशिलता विकासमा उत्कृष्ट र उदाहरणीय काम गर्ने पुरस्कार श्रीमती रिता देवी महतो
६.द्यभकत जबचमअयचभ उययच उभयउभि कगउउयचत कतबााक – अर्जुन पासवान (चमेली साकोस)
७..द्यभकत त्जचभभ श्भचय ऋगिद ब्धबम ( रोहित साह चमेली तीन शून्य क्लव ईश्वरपुर,सर्लाही
तीन शून्य क्लव प्रथम प्रादेशिक सम्मेलन २०८०
यस संस्था वाट गठित चमेली तीन शून्य क्लवका प्रतिनिधी सदस्यहरुलाई एकै थलोमा भेला भई आपसमा अनुभव आदान प्रदान गर्न, क्लवले भोगेका समस्या तथा चुनौतीहरुको बारेमा प्रत्यक्ष रुपमा पृष्ठपोषण लिई कार्यक्रमलाई प्रभावकारी एवं परिष्कृत गरी थप सशक्त रुपमा अगाडी बढाउन तीन शून्य क्लबका सदस्यहरुको एक दिने तीन शून्य क्लव प्रथम प्रादेशिक सम्मेलन (त्जचभभ शभचय अगिद ाष्चकत च्भनष्यलब िअयलाभचभलअभ द्दण्डण् ) संस्थाका अध्यक्ष श्री राम प्रताप साहज्युको अध्यक्षतामा ,सर्लाही क्षेत्र नं. १ (क) वाट निर्वाचित प्र्रदेश सांसद, माननीय उपेन्द्र महतो ज्यु को प्रमुख आतिथ्यमा र स्वावलम्बन विकास केन्द्र काठमाण्डौका अध्यक्ष लघुबित्तका पिता श्री मान् शंकर मान श्रेष्ठ ज्यू को अति विशिष्ठ आतिथ्यमा मिती २०८० साल चैत्र २४ गते शनिवारका दिन ईश्वरपुर ०६ स्थित उधोग वाणिज्य संघको सभा हलमा सम्पन्न गरीएको थियो भने संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री भरत साहज्युले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो साथै विभिन्न क्लबका प्रतिनिधीज्युहरु द्धारा तयार गरीएको पप्यानेलिष्ट वाट समस्या र चुनौती तथा क्लबले सम्पन्न गरेको कार्यको छलफल गरेका थिए भने व्रह्मा कुमारी संस्थावाट लागु औषत नियत्रण गर्न सडक नाटक प्रस्तुत गरीएको थियो । उक्त सम्मेलनका प्रमुख अतिथि क्षेत्र नं. १ क सर्लाही वाट निर्वाचित प्र्रदेश सांसद, माननीय उपेन्द्र महतो ज्यु द्धारा तीन शुन्य क्लव प्रवद्र्धनका लागि संस्थाको तिन शुन्य क्लब अक्षयकोषमा रु.१,००,०००।००(अक्षरेपी रु.एक लाख ) प्रदान गरियो । त्यसै गरी सहभागी विद्यालयहरु लाई दुई–दुई थान डस्टविन वितरण गरीएको र प्रत्येक सहभागी तीन शून्य क्लवका पदाधिकारीहरु लाई १ थान अमलाको विरुवा ,१ थान तेजपात र १ थान टिक को विरुवा वितरण गरियो ।