Insurance

संस्थाले नेश्नल लाईफ इन्सुरेन्स कम्पनीसँग सहकार्य गर्दै बीमा कारोवार गर्दै आएको छ । सदस्यहरुको सदस्य आपसी सहयोग कोष कार्यक्रम अन्तर्गत हाल व्यवस्था रहेको अनुसार सदस्यको निधन भएमा बाँकी रहेको कर्जाको साँवा मिन्हा गरिएकोे छ । त्यस्तै सदस्यको श्रीमान् को निधन हुँदा रु. ५०००.०० क्रिया खर्च, सदस्यलाई प्रसुति हुँदा रु. २०००.०० सम्मको किटको व्यवस्था र सदस्यको मृत्यु भएमा क्रिया खर्च रु. १० हजार भुक्तानी गर्दै आएको छ । आगामी दिनमा यसलाई अझ प्रभावकारी तथा व्यवस्थित बनाउन विभिन्न विमा कम्पनीसँग छलफल भइरहेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।

Scroll to Top